प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले अनुशासन सँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने

611
shares

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासन सँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आयोगको बैठकले पार्टीको अनुशासन सँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताए ।

पार्टी भित्र देखापरेका अनुशासन हीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साता बाट अन्तिम साता सम्म प्रदेश स्तरीय प्रशिक्षण गर्ने उनले जानकारी दिए । ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासन सँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय ग¥यो । श्रावण महिनाको दोस्रो हप्ता देखि चौंथो हप्ता सम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ’ उनले भने ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयबस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौंधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports