प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य मन्त्री विरोध खतिवडाको चुनौती

624
shares

काठमाडौं ।कोरोना विरुद्धको २४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चुनौती दिएका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई उठाएपछि मन्त्री खतिवडाले आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।

संसदमा बजेट माथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री खतिवडाले यसको जवाफ आफूले तथ्य सहित धेरै ठाउँमा दिइसकेको र प्रमाण आधारमा मात्रै बोल्न चुनौती दिए ।

‘२४ लाख खोप कता गयो भनेर धेरै प्रश्न उठ्यो । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देश बाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? भन्ने उल्लेख छ,’ मन्त्री खतिवडाले भने,‘त्यो खोप काठमाडौं सेन्टरमै आएको छ । सिधै नेपालगंज, विराटनगर गएको छैन । यहाँ बाट कुन प्रदेश के के नाम गरेको खोप कति गयो, त्यो पनि वेबसाइटमा छ । प्रदेश पनि जिल्लालाई कुन कुन नाम गरेको खोप कति बाँड्यो त्यो पनि छ ।’ नेपालमा हाल सम्म ५ करोड ३३ लाख खोप आएको र ४ करोड ८७ लाख डोज लगाइएको उनले जानकारी गराए । अहिले स्टक ४६ लाख ४७ हजार खोप मन्त्री खतिवडाले जानकारी दिए ।

‘यदि २४ लाख खोप मैले कतै घोटाला गरेको हो भने नेपाली उखानहरु चोरले चोरै देख्छ, बदमासले बदमासै देख्छ, सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै चुनौतीका साथ भन्छु कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले दिएको डाटा, स्वास्थ्य मन्त्रालयको दिएको डाटा अनुसार तपाईहरुले खोप पाउनुभएको छ भनेर सोधिदिनुपर्‍यो प्लिज,’ मन्त्री खतिवडाले थपे,’ कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले वेबसाइटमा राखेको डाटा सहि हो ? खोप पाउनुभएको हो भनेर सोधिदिनु प‍र्यो ।’ ‘म आरोपित हुन इच्छुक छु । म झुटो सावित हुनलाई आतुर छु । कृपया त्यति गरिदिनुहोला,’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports