प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले राज्यमन्त्री वलीको विषय उठाउँदै लुम्बिनी प्रदेश सभा वैठक अवरोध गर्‍यो

611
shares

बुटवल ।स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणा सँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो ।

मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुर स्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएका उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरीलाई फोन मार्फत दबाव दिएर छुटाएको सांसद ढकालले आरोप लगाए । सरकारले भने राज्यमन्त्री विमलाको घटना बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports