प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन

559
shares

विराटनगर ।प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट भाषणका क्रममा आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । प्रदेश सरकारले सरकारले पूर्वाधार विकास कार्यक्रमका लागि पनि ९० करोड रुपैयाँ नै विनियोजन गरेको छ ।प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तरगत समावेश भएका सडकहरुको काम आगामी वर्ष सक्नेगरी पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा घरेलु मदिरा ब्राण्डिङ गर्ने योजना पनि समावेश गरेको छ । मन्त्री आङ्बोले घरेलु मदिरा ब्राण्डिङका लागि बजेट विनियोजन गरेको जानकारी दिए । ब्राण्डिङका लागि छुट्याएको बजेटको अंक भने उल्लेख छैन । आगामी आर्थिक वर्ष प्रदेश सरकारले दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रति लिटर २ रुपैयाँ सोझै अनुदान उपलब्ध गराउनका लागि पनि बजेट विनियोजन गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports