प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थापाथली इञ्जिनियरिङ कलेजका एक जना विद्यार्थी मृत अवस्थामा भेटिए

728
shares

काठमाडौं  थापाथली इञ्जिनियरिङ कलेजका एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार गत आइतबार राति देखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार भेटिएको हो । उनको शव भेटिए लगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।

प्रारम्भिक जाँचबुझमा उनी आफैं छतमा चढेर फाल हानेको जस्तो देखिने एसपी मैनालीले  बताए । ‘कुकुरले पनि उनी हिँडेर माथि गएको हुनसक्ने संकेत गरेको छ,’ मैनालीले भने । प्रहरीले घटनास्थलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीलाई पनि लगेको थियो । उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोट बाहेक अन्य संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

स्रोतका अनुसार जैसवाल आमा सँग झगडा भएपछि साथी सँग जान्छु भन्दै घर बाट निस्किएका थिए । सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेका उनले पछि आर्किटेक्चर पढ्न थालेका थिए । उनी पढाइमा अब्बल मानिन्थे।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports