प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको प्रचण्डको दाबी

754
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिस डाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । जो आत्मसमर्पण गर्ने तिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको हावा दिने गरेको भन्दै उनले भने, ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भने जस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हातले त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री सँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु ।’

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’ यो गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports