प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी भित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनु पर्यो : अध्यक्ष ओली

728
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् । एमालेलाई विरोधी शक्तिहरुले हराउन नसक्ने भए पनि पार्टी भित्रै बाट घात गर्नेहरु निस्केका ओलीले बताए । बिहीबार काठमाडौंका जनप्रतिनिधि सँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टी भित्रै सकुनीहरु निस्केको टिप्पणी गरे ।

‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुृई तिहाइमा थियौं’ उनले भने, ‘तर हाम्रै भित्र बाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’ उनले अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको उदाहरण दिए ।

ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएको बताए ।

‘अथवा अढाइ सय भोट हामीले अरु थप्ने हो भने हाम्रो विजय थप ८८ सिटमा हाम्रो वियज हुन्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अढाइ सय भोट किज आएन म धेरै भन्न चाहन्न, हाम्रो आफ्नै कारणले त्यति मात्र सच्चिने हो भने ८८ सिट थपिन्थ्यो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports