प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी आइतबार बालबालिकाको लागि २२ लाख खोप आउने

702
shares

काठमाडौं ।पाँच देखि ११ वर्ष सम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।

‘खोपलाई भण्डारण गरेर राखिदैन । खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गछौं,’ चौरासियाले भने,’ असारको ८-९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।’ नेपालले कोभ्याक्स सुविधा मार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोना विरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असार सम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गते सम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गते सम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports