kumari
stcnepal

आगामी आइतबार बालबालिकाको लागि २२ लाख खोप आउने

काठमाडौं ।पाँच देखि ११ वर्ष सम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।

‘खोपलाई भण्डारण गरेर राखिदैन । खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गछौं,’ चौरासियाले भने,’ असारको ८-९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।’ नेपालले कोभ्याक्स सुविधा मार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोना विरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असार सम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गते सम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गते सम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

 

 

footer