अमेरिकी दूतावासको एसपीपी बारे विज्ञप्तीले नयाँ विवाद र भ्रम उत्पन्न गर्यो : राष्ट्रिय जनमोर्चा
वि.सं.२०७९ असार २ बिहीवार १३:५७
shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे अमेरिकी दूतावासको विज्ञप्तीले नयाँ विवाद र भ्रम उत्पन्न गरेको टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले यस्तो टिप्पणी गरेकी हुन् ।
‘अमेरिकी दूतावासले हिजो पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्ती बाट एसपीपी बारे नयाँ भ्रम र विवाद उत्पन्न भएको छ’ उनले भनेकी छन् । उनले एसपीपीले नेपालमा गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गर्दै उनले एसपीपी अस्वीकार गर्नुपर्ने बताइन् ।
यस्तोमा एसपीपी बारे अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेपछि नयाँ भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले अमेरिकी दूतावासको धारणाको नेपाली सेनाले खण्डन गरेको स्मरण गरिन् । प्रधानमन्त्रीले सैन्य सम्झौता नगर्ने बताउँदै आएको उल्लेख गर्दैउनले संसदमै आएर सरकारको आधिकारिक धारणा स्पष्ट रुपमा राख्न समेत आग्रह गरिन् ।








































