kumari
stcnepal

तत्काल इम्बोस्ड नम्बर संशोधन गर

हाल निलम्वित सर्वोच्च अदालतका प्रधानन्याधिस चोलेन्द्र शमशेर राणा हालका कामु प्रधानन्यायाधिस दीपकुमार कार्की, न्यायाधिसहरु हरिकृष्णा कार्की, विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको सम्बैधानिक इजलासले २०७६मंसीर २७ गते इम्बोस्ड नम्वर विरुद्ध परेको रिट खारेज गरीदिएपछि त्यस्का विरुद्ध चर्को आलोचना भएको थियो । अहिले त्यो विषय सडक देखि ससदसम्म नै चर्चाको विषय बनेको छ । जनताले सडकवाटै त्यस्को विरोध गरीरहेका भएपनि पाँच दलिय गठवन्धनको शेरवहादुर देउवा सरकार भने मौन बसेको छ । इम्बोस्ड नम्बर किन र के का लागि आवश्यक प¥यो भनेर सरकारले जनतालाई बुझाउन सकेको छैन । नेपालको संविधानको प्रस्तावना र विभिन्न धारा उपधाराहरुमा नेपालको काम कुराको भाषा नेपालीमा हुने उल्लेख गरिएको भएपनि त्यस्तो प्रावधानहरुको उल्लघन गर्दै अग्रेजीमा नम्बर प्लेट राख्न खोज्नु नेपाली भाषा मार्ने प्रयासबाहेक अन्य केही हुन सक्दैन ।

इम्बोस्ड नम्बर नेपालीमा हुनुपर्ने सम्वैधानिक व्यवस्था रहेको र संविधानले नै व्यवस्था गरेको विषयको रिटलाई तत्कालीन प्रधानन्यायाधिस राणाले सम्वैधानिक इजालसमा पठाउनु नै गलत रहेको थियो । इम्बोस्ड नम्वर बनाउने ठेक्का पाएको कम्पनीको दवावमा राणाले उक्त मुद्दालाई सम्वैधानिक इजालसमा पठाउनुको अर्थ थियो त्यो पुनरावलोकन हुन नसक्नु सम्वैधानिक इजलासले गरेको निर्णयलाई पुनरावलोकन गर्न नसकिने भएकाहरुले गर्दा उक्त मुद्धालाई सम्वैधानिक इजालसमा पठाउने निर्णय स्वयम् राणाले गरेका थिए । त्यसवेलापनि त्यस्को व्यापक विरोध भएको थियो । राणा अहिले निलम्वनमा रहेका र कार्की कामु प्रधानन्यायाधिस रहेकाले गर्दा अब उक्त मुद्धालाई पुनरावलोकन गर्न सक्ने वाटो खुलाउने दायित्व पनि कामु प्रधानन्यायाधिसकै हो । विश्वका धेरै देशले आ–आफ्नो भाषा र लिपिमा इम्बोस्ड नम्बरप्लेट लागु गरेका छन् । त्यही कारणले गर्दा भाषाविद्हरुले मात्र होइन सर्वसाधरण जनताले समेत नेपालमा समेत देवनागरीक नेपाली भाषा नै नम्वर प्लेट राख्नुपर्ने माग गरिरहेका छन् ।

बंगलादेशले वंग्लालिपी गौडी असामिज क्रिष्टन रेडो रिफेलेक्टिम डिजिटल नम्बर प्लेट कार्यान्यन ल्याएको छ । भुटानका सवारी साधनमा पनि जोङखा र तिब्बती लिपी राखिएको छ । मध्यपुरका कतार ओमान लगायतका देशले अरेविक भाषामा नम्बर प्लेट राखेका छन् भने चीन र जापानले आफ्नो भाषा र लिपी मै इम्बोस्ड नम्बर प्लेट राखेका छन् भने नेपालमा भने किन आफ्नो भाषा मै इम्बोस्ड नम्बर राख्न सक्दैन त्यस्को चित्त बुझ्दो उत्तर सरकारले दिनु पर्दछ । निकै लामो समयदेखि हाम्रो भाषा र लिपी माथी विभिन्न क्षेत्रवाट प्रहार भईरहेको अवस्थामा अहिले त्यसलाई व्यापक बनाएर नेपाली भाषालाई समाप्त पार्ने षडयन्त्र अन्र्तगत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्ने प्रयास गरिरहेको छ । लिपी नै नभएको खण्डमा भाषा नरहने सम्भावना रहेको छ । अहिले नै नेपालमा बोलिने धेरै भाषाहरु लोप भईसकेका छन् । अब देवनागरिक भाषालाई समाप्त पार्ने उद्देश्यका साथ सरकार मै रहेका र बाहिर रहेका केही राष्ट्र घातीहरुले भाषामाथी नै प्रहार गरिरहेका अवस्थामा अब सम्पूर्ण जनता एक भएर त्यस्को विरोध गर्नुको विकल्प रहेन ।

नेपालको सुरक्षा र चुस्त नियमनका लागि देवनागरिक लिपीमा नै नम्बर प्लेट हुनु आवश्यक छ । हाम्रो समाजको बनोट र उत्पति अनुसार देवनागरिक इम्बोस्ड नम्बर हुन सक्दैन भने केही राष्ट्रघातीहरु बुझ्नुपर्ने हुन्छ । बंगलादेशमा बाग्लामा नम्बर हुन्छ । भुटानमा जोइखा भाषामा हुन्छ भने हाम्रो देवरानागरीक भाषामा इम्बोस्ड नम्बर हुन सक्दैन भने तर्क कुनै हालतमा पनि उपयुक्त मान्न सकिदैन । यो त कमिसनको चक्करको लागि फैलाईएको हौवा मात्र हो । जनमासवाटै यस्को विरोध भईरहदा राजनितिक दलहरु किन मौन ? राजनितिक दलहरु ले किन यसको विरोध गर्न सकिरहेका छैन । ससदमा यस विषयले किन प्रवेश पाउन सकेको छैन । केही सासदले यस विषयमा प्रश्न उठाएका भएपनि त्यो उनीहरुको व्यक्तिगत विचार भएकाले राजनितिक दलहरुले संस्थागत रुपमै यो विषयमा ससदमा प्रवेश गराएर देवनागरिक भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्न सरकारलाई दवाव दिनु दलहरुको कर्तव्य र दायित्व हो । देवनागरिक लिपीमा नम्बर प्लेट लेख्नुका बदला अग्रेजीमा प्रयस दिनु भनेको आफ्नो भाषालाई नास पार्नु हो । नेपालमा चल्ने सरकारी साधनमा किन चाहियो अग्रेजीको नम्बर प्लेट । भाषामा नै रणनितिक उद्देश्यका साथ इम्बोस्ड नम्बर प्लेट अग्रेजीमा राख्ने निर्णय संविधानको ठाडो उल्लघन भएको हुनाले तत्काल यस्तो भाषा मार्ने निर्णय खारेज हुनु आवश्यक छ ।

इम्बोस्ड नम्बर प्लेट डिजिटल प्रविधिवाट मुद्रण हुने भएकाले नेपालीमा ह्रस्व, दीर्घ, तर्कुल, बर्दने आकार इकार उकार जस्ता अक्षरका कारण साईज सानो र ठूलो हुने यातायात विभागले सर्वोच्च अदालतलाई पठाएको जवाफमा उल्लेख गरीएको भएपनि त्यो जवाफ नै गैर जिम्मेवारिपूर्ण र कुतर्कले भरिएको छ । विदेशी पर्यटकले नेपाली भाषा नबुझ्ने भएकाले अग्रेजीमा राखिएको हो भन्नु अर्को षडयन्त्र बन्नु बाहेक अन्यकेही हुन सक्दैन । यदि त्यस्तो हो भने पहिला माथील्लो भागमा नेपालीमा राखौँ र त्यसपछि तल अग्रेजीमा राख्न सकिने भएपनि नेपालीलाई हटाएर अग्रेजीमा राख्ने निर्णय नेपाली भाषा मार्ने षडयन्त्र भएकाले त्यस्तो विरोध गर्दै हामी सम्पूर्ण जनतालाई भाषा बचाउने कार्यमा सरिक हुन आग्रह गर्दछौ ।भाषा भनेको नेपाली जनताको प्राण हो । जसरी मानिसको निधन हुदाँ प्राण उड्छ त्यसरी नै हामी नेपाली जनताको भाषाा देवनागरिक नहुदा हामी भाषा वेगरका जनता हुने छौ भन्ने हामीले ठानेका छौँ ।

footer