२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपी सम्झौता नेपालले नगरेको भए अमेरिकालाई पत्र लेखेर प्रतिवाद गर्नुपर्छ : नारायणकाजीे श्रेष्ठ

910
shares

काठमाडौं ।माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायणकाजीे श्रेष्ठले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपालले नगरेको भए अमेरिकालाई पत्र लेखेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा नेता श्रेष्ठले सम्झौता नगरिएको सरकारको दाबी हो भने अमेरिकालाई औपचारिक रुपमा पत्र लेखेर विरोध गर्नसक्नु पर्ने बताए । ‘हामीले सम्झौता गरेका छैनौं भनेर पत्र लेख्न पर्दैन ? मुखले बोलेर हुन्छ ? सरकारको तर्फ बाट पत्र लेख्न प¥यो,’ उनले भने ।

सामरिक स्वार्थ केन्द्रित गठबन्धनमा असंलग्न हुने नेपालको नीति त्याग्न लागेको हो कि भनी उनले आशंका व्यक्त गरे । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रति आक्रोश व्यक्त गर्दै श्रेष्ठले एक पछि अर्को गरी अमेरिकाको हस्तक्षेप बढीरहेको आरोप लगाए । ‘एसपीपी भनेको विपद व्यवस्थापनको सहयोग गर्ने सम्झौता हो भनी यहाँ झुठ बोलिएको छ,’ श्रेष्ठले भने, ‘सन् २०१९ मा यो सम्झौता अघि बढेको भनिएको छ, तत्कालीन प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्छ ।’

परराष्ट्र र असंलग्न नीतिमा नेपालले ‘पाराडाइम शिफ्ट’ गर्न लागेको उनले भन्दै सरकारप्रति आशंका व्यक्त गरे । ‘के नेपालले घोषित परराष्ट्र र असंलग्न नीतिमा पाराडाइएम सिफ्ट गर्न खोजेको हो ?’ उनले सरकार सँग प्रश्न गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports