२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन्

832
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेट माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो ।

तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो साढे २ बजे होटल र्‍याडिसनमा गैर आवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् । बिहीबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसदमा उपस्थित नभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाएका थिए ।

‘यो गरिमामय संसदमा प्रधानमन्त्रीज्यू किन उपस्थित हुन सक्नुभएन ?’ उनले सोधे, ‘बिरामी हुनुहुन्छ कि विदेश जानुभएको हो कि, होइन भने आफ्नो जिम्मेवारीको विभागको प्रधानमन्त्रीज्यूले नै जवाफ दिनुपर्छ ।’ सांसद सुवालले प्रधानमन्त्री बिरामी भएको भए वा विदेश गएको भए संसदलाई जानकारी हुनुपर्ने भन्दै विना जानकारी संसदमा उपस्थित हुन नमिल्ने बताए । आफ्नो जिम्मेवारीको विभाग र मन्त्रालय माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै उनले सामान्य बैठकका लागि प्रधानमन्त्रीले संसद छोड्न नमिल्ने बताए ।

‘विदेश जाुनभएको हो भने यहाँ कार्यभार कसले लिनुभएको हो ? उहाँले बोल्न पाउनुहुन्छ, अस्पतालमा भर्ना हुनुभएको हो भने डाक्टरको प्रेस्किप्सन चाहिन्छ’ उनले भने, ‘नत्र यो मिल्दैन सभामुख महोदय, प्रधानमन्त्रीज्यूलाई नै जवाफ दिने बन्दोबस्त गर्न अनुरोध गर्दछु ।’ तर देउवाले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण गृहमन्त्री बालकृष्ण खाँणलाई तोकेको पत्र संसदलाई प्राप्त भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports