२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक

793
shares

काठमाडौं ।नेपाल सरकारले बेलायत सँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन् । नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्ये बाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि तदर्थ समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यसैगरी तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्त गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । यसैगरी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने र सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै सो पदमा मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै सरकारले जापान सरकार बाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने ३७६ मिलियन जापानी येन अनुदान सहायता स्वीकार गर्ने, मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ । सरकारले पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई दक्षिण कोरियाको सिओल भ्रमण स्वीकृत गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको स्विट्जरल्याण्ड भ्रमण, सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको मलेसिया भ्रमण र अर्का सचिव अर्जुनप्रसाद पोखरेलको थाइल्याण्ड र भियतनाम भ्रमण स्वीकृत गर्ने निर्णय समेत भएको छ ।

मन्त्रिपरिषद बैठकले असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिएको छ ।

यसैगरी यही असार ६ गते भर्चुअल माध्यम बाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फ बाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने, नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरका रबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानी बाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने पनि निर्णय भएको छ ।

निजी आवास पुुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति असार मसान्त सम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने, सरकारी सम्पति तथा निजी जिन्सी माल सामान बिक्री तथा मिनाह सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने, उपचार खर्च, राहत तथा बाल आर्थिक सहायता सम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता कार्कीले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports