अन्जना शाह रावल भइन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष
वि.सं.२०७९ असार २ बिहीवार १५:३२
shares

काठमाडौं ।राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनीत भएकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आज अध्यक्ष पदमा मनोनीत गरेको पत्र हस्तान्तरण गरेका हुन्।
तीन महिना भित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारी सहित अञ्जनालाई अध्यक्षमा मनोनीत गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। यसअघि संगठनको अध्यक्षमा कुन्ती शाही थिइन्। उनी महामन्त्री निर्वाचित भएपछि महिला संगठनको अध्यक्ष पद बाट राजीनामा दिएकी थिइन्।
पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरूङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले अञ्जनालाई अध्यक्ष मनोनीत गरेका छन्।







































