२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिसस मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित

754
shares

हेटौंडा ।जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए । जिसस प्रमुखकै आकांक्षी नेकपा एमाले बाट बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाएका छन् । यस्तै जिसस उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेल सर्वसम्मत चुनिए ।

उनको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । महिला सदस्यमा नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित भएका छन् । नेकपा एमाले बाट उम्मेदवारी दिएकी बिनाकुमारी थिङ लामा पराजित भएकी छन् । दलित सदस्यमा नेकपा एकीकृत समाजवादी बाट सुनिता दर्नाल परियार सर्वसम्मत चयन भइन् ।

खुला तर्फ ३ जना सदस्यमा नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) ल्याएर निर्वाचित भए । नेकपा एमालेका तोयानाथ तिमल्सिना (३ मत) पराजित भएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports