प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन : गृहमन्त्री खाँण
वि.सं.२०७९ असार २ बिहीवार १५:४१
shares

काठमाडौं ।सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेट माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिले सम्म सुनिश्चित भएको छैन ।’
विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ ।’







































