२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर सांसद अमनलाल मोदीको प्रश्न

715
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न उठाएका छन्। बिहीबार अर्थमन्त्रालयको बजेट माथि छलफल गर्ने क्रममा मोदीले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गरेर यस्तो प्रश्न गरेका हुन।

‘अन्य संसारको उदारण हेर्दा दुई-दुई पटक, तीन-तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरुलाई जनताले त बहिस्कार गर्छ, गर्छ देश निकाला गर्छन। उहाँहरुलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ?,’ मोदीले भने।

उनले ९ महिना संसद विघटन गरेको र ९ महिना संसद अवरुद्ध गरेको भन्दै त्यसको तलब भत्ता लिएको छ कि छैन भनेर समेत एमाले सांसदहरुलाई प्रश्न गरे। मोदीको प्रश्न छ, ‘९ महिना संसद विघटन भयो। ९ महिना संसद विघटन गर्दा उहाँहरुले तलव भत्ता लिनु भयो कि भएन ? त्यसपछि ९–९ महिना संसद अवरुद्ध गर्नु भयो त्यसको तवल भत्ता लिनु भयो कि भएन ?’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports