कर्णाली सरकारले आठ वटै मन्त्रालय एउटै कम्पाउन्ड भित्र ‘कर्णाली सिंहदरबार’ बनाउने
वि.सं.२०७९ असार २ बिहीवार १७:२३
shares

सुर्खेत ।कर्णाली प्रदेश सरकारले आठ वटै मन्त्रालय एउटै कम्पाउन्ड भित्र बनाउने भएको छ । जस्लाई `कर्णाली सिंहदरबार´नाम दिइएको छ ।
हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरबार बनाईने अार्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेट बारे जानकारी दिन बिहिवार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, `हामीले यो गत आर्थिक वर्षमै बनाउँन खोजेका थियौं तर सफल हुन सकेको थिएन् । आगामी आर्थिक वर्ष बाट कार्यन्वयनमा आउँछ । त्यसका लागि बजेट पनि छुट्याएका छौं।’
उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियाे । तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झण्डै दुई बिघा जग्गामा आठ वटै मन्त्रालयका भवन बनाइनेछ । त्यस्का लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली सिंहदरबार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाता बाट सुरक्षा पाउँने मन्त्री विष्टको भनाइ छ ।







































