२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषदको बैठक बालुवाटारमा किन ?

806
shares

 

काठमाडौँ । पाँच दलिय गठवन्धनले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको भन्दै त्यसको व्यापक विरोध गर्ने गरेका थिए ।
त्यस बेला काग्रेस र माओवादी केन्द्रका अध्यक्षहरुले ओली नेतृत्वको सरकारको आलोचना गर्ने गरेको भएपनि अहिले त्यही पाँच दलिय नेतृत्वको शेर वहादुर देउवा नेतृत्वको सरकारले समेत ओली कै मार्गलाई पछ्याउदै मान्त्रिपरिषदको वैठक प्रधानमन्त्री देउवाले आफ्नो निवासमै राखेर त्यहीवाट महत्वपूर्ण निर्णयहरु गराउँदै आएका छन् ।
प्रधानमन्त्री देउवा प्रधानमन्त्री एवंंं मन्त्रिपरिषदको कार्यलयमा विरलै उपस्थिति हुन्छन् । सिंहदरवारमा आएको वेला पनि उनी मन्त्रिपरिषदको बैठक सकिने वित्तिकै बालुवाटारमा फर्किहाल्दछन् ।
त्यही कारणले गर्दा सरकार मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरु प्रशासनिक कामका लागि बालुवाटार नै धाईरहनु पर्ने वाध्यतामा रहेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो सरकारी निवासलाई नै राज्य सञ्चालनको मुख्य केन्द्र बनाउदै आएका छन् ।
त्यही कारणले गर्दा सिंहदरवारमा रहेको प्रधानमन्त्री एंव मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषदमा बैठक आकल झुकल मात्र बस्ने गरेको छ । मन्त्रिपरिषद्को बैठक र महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्री निवास बाटै हुने गरेकोले गर्दा छलफलका लागि मुख्यसचिव र सम्बन्धित निकायका सचिवहरु वालुवाटारमा धाउन वाध्य भएका छन् ।
मुख्य सचिव र सचिवहरु प्रधानमन्त्रीलाई भेट्न आ आफ्नो मन्त्रालयका महत्वपूर्ण फाइल च्यापेर वालुवाटारमा धाउनुपर्ने बाध्यता रहेको र राज्यका कुनैपनि निकायवाट अनुमोदन नभएकाहरुलाई ज्यू हजुर गरेर प्रधानमन्त्रीलाई भेट्नुपर्ने वाध्यता रहेको छ ।
गत वर्ष जम्मा ७६ मन्त्रिपरिषदको बैठक बसेकोमा सिहदरवारमा जम्मा १७ वटा बैठक मात्र बसेको थियो भने अरु सबै वैठक प्रधानमन्त्री निवास मै बसेको थियो ।
आफ्नो कार्यकाल र मन्त्रिपरिषदका कार्यालयमा वैठक नवसी आफ्नो निवासमा मन्त्रिपरिषदका बैठक राखिनु राज्यप्रतिको चरम हेपाहा प्रकृति हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई काग्रेस, माओवादी, नेकपा समाजवादी नेताहरुले विचौलियाहरुलाई वालुवाटारमा वोलाएर मन्त्रिपरिषदको बैठक राखिएको आरोप लगाएका थिए ।
अहिले उनीहरुले के गरीरहेका छन् त ? एक नेताले बताए । सरकारी कामको निर्णय निजि निवासवाट गर्नु शासकले मैले जे गरेपनि हुन्छ भने भनाईहरुको उपज बाहेक अन्य केही हुन सक्दै । हिजो अर्कोले ग¥यो अनि आज मैले पनि गर्न किन नहुने भन्ने मानसिकतामा प्रधानमन्त्री देउवा रहेको प्रष्ट भएको छ ।
आफ्नो निजि निवासमा मन्त्रिपरिषद् बैठक राखेर गरीएका निर्णयहरु स्वार्थ प्रेरीत हुने भएकाले त्यहीवाट निर्णय गरीने गरिएको छ । यो जनताप्रतिको अपमान र लोकतान्त्रिक व्यवस्था कै खिल्ली उडाउने कार्य हो । त्यसैले अव मन्त्रिपरिषद्का बैठक सिहदरवार मै राखिनु पर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports