गठबन्धनभित्र ७ वटा समस्या रहेका छन् : नेपाल
वि.सं.२०७९ असार ३ शुक्रवार ०८:५६
shares

काठमाडौ । नेकपा एमालेलाई विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष बनेका माधव नेपाल पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग रुष्ट बनेका छन् ।
अध्यक्ष नेपालले कांग्रेस र माओवादी केन्द्रले गठबन्धनको भावना विपरित कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेको आरोप समेत लगाएका छन् । नेकपा एकीकृतको काठमाडौमा गत मंगलबार बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनले गरेको निर्णयअनुसार सिट संख्या बाँड्न समेत कांग्रेस र माओवादी तयार नभएको बताउँदै अध्यक्ष नेपालले ६ महानगर र ११ वटा उपमहानगरका प्रमुख र उपप्रमुखमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो भएको पार्टीलाई दोस्रो र तेस्रो पार्टी बनेकाहरुले हराउन सक्छन् भने अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको २० प्रतिशत मत कटौती हुँदा उसले सिट गुमाउँदै छ भन्ने तथ्याँकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र आफूँहरु मिलेर अघि बढे त्यही कारणले गर्दा आम रुपमा गठबन्धन पाँच दलीय गठबन्धन हुन सकेन ।
कांग्रेस र माओवादी केन्द्रले गठबन्धनका सहयोगी दलहरुलाई पन्छाएर उनीहरुले मात्र सिट बाँडेको आरोप नेपालले लगाएका छन् ।
धेरै पालिकाहरुमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भयो उनीहरुले सिट बाँडे त्यो पनि पालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा मात्र वडाको बाँडफाँड दुई पार्टीमा समेत भएन । त्यसै कारणले गर्दा गठबन्धन भित्र ७ वटा समस्या रहेको अध्यक्ष नेपालको दाबी रहेको थियो । आफ्नो पार्टीको हारको कारण अध्यक्ष नेपालले कांग्रेस र माओवादी केन्द्रलाई नै लगाएका छन् ।






































