सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुको विरोध कायमै

533
shares

काठमाडौं ।विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।

प्रतिनिधि सभा बाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए । एमालेका सांसदहरुलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।

सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो । विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूचि बनाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports