सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीमा सहभागी हुन पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको ओलीको दाबी

429
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए । ‘हामी कतै पनि बताइएन । २४ गते म संसद बाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’

उनले अघि भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए ।

सुशील कोइरालाको पालमा भूकम्प सम्बन्धी विपद् व्यवस्थापन सम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आईपीएसमा राखेपछि सैन्य गठबन्धनमा सहभागी हुनसक्दैनौं भनेर आफूहरुले च्याप्टर क्लोज गरेको उनले बताए ।

अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना नेपालमा राख्ने गरी ड्राफ्ट बनाएको ओलीको दाबी छ । उनले अघि भने, ‘अहिले आएर अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयर क्राफ्ट र अरु संरचना राख्ने एउटा अन्तिम ड्राफ्ट आएको छ । यो ड्राफ्ट के हो ? यो षड्यन्त्र कसले ग¥यो ? यसबारे उहाँहरु चुपचाप हुनुहुन्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports