kumari
stcnepal

आज थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १५ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

शुक्रबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ । यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer