प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मेघ गर्जन सहित पानी पर्न सक्ने सम्भावना

663
shares

काठमाडौं ।हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेस प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports