विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौं तर्फ आउँदै गरेको दुई वटा ट्रक बाट किसानले मल खोसे

689
shares

काठमाडौं ।धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौं तर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदी बाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौं तर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौं तर्फ ल्याइँदै गरेको दुईवटा ट्रक बाट किसानले मल खोसेको सूचना पाएको बताए । ‘सशस्त्र प्रहरीको सुरक्षा बाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौं तर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्ने वित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरु माथि कुटपिट गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रक बाट मल झिक्दै गरेको अवस्थामा एक महिला माथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ । किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ । प्रवक्ता आचार्यका अनुसार ती ट्रकमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports