२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश सरकार हटाऔ, हिन्दूराष्ट्र कायम गरौ : कमल थापा

819
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको व्यवस्था खारेज र हिन्दुराष्ट्र कायम गर्नु उपयुक्त हुने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीका जनवर्गीय संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक रूपमा मुलुक टाट पल्टिन सक्ने डरलाग्दो अवस्था भएको, संघीय व्यवस्था आर्थिक रूपमा बोझिलो भएको भन्दै राज्य सञ्चालकहरू चिन्तित नहुनु विडम्बना भएको बताए ।

“सुदृढ स्थानीय स्वायत्त शासनानुरूपको अधिकार सम्पन्न स्थानीय निकाय र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन,” थापाले भने । राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने उनको भनाइ छ ।

बैठकले यही असार १८ गते काठमाडौंमा जनवर्गीय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा संगठनका प्रमुखहरूले संगठनका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports