जनकपुर उपमहानगरपालिका उपमेहर माथी जुत्ता प्रहार
वि.सं.२०७९ असार ५ आइतवार १७:४२
shares

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साह माथि एक समूहले जुत्ता प्रहार र हातपात गरेको छ । अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम-२३ बेलाका स्थानीयले उपमेयर साह माथि जुत्ता प्रहार र हातपात गरेका हुन् ।
एक कर्मचारीका अनुसार केही मानिस ज्ञापनपत्र बुझाउन भन्दै आएका थिए । उनीहरू नै उपमेयर साह माथि जाइलागे । उपमेयर माथि एक महिलाले जुत्ता प्रहार गरिन् । अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् ।
उपमेयर साह माथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । आक्रोशित समूहले घुस लिएर केही नबोल्ने गरेको आरोप समेत लगाएका छन् ।
बेलामा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । सो विषयमा त्यहाँका बासिन्दा ज्ञापनपत्र बुझाउन उपमेयर समक्ष आएका बेला यो घटना भएको बताइएको छ ।






































