२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कलि जग्गा धनी बनाएर ७ करोडमा जग्गा बेच्नेहरू पक्राउ

936
shares

काठमाडौं ।नक्कली जग्गाधनी बनाएर काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने पाँच जना पक्रउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली जग्गाधनी बनाएर जग्गा बेच्ने ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका बस्ने वर्ष ५६ को तारानिधी लोहनी नक्कली नाम गरेका महावीर चन्द, सिन्धुपाल्चोकको साविक थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेशबहादुर खनाल र सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्कीलाई पक्राउ गरेको हो ।

त्यसैगरी, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल तारकेश्वर गाउँपालिका–१ घर भइ काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२, घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठलाई सीआइबीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरु बाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र ४ थान, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेको पाँच जनाले अन्दाजी ४ विघाहा जग्गा समेत किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनी खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी प्रहरीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports