पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरे
वि.सं.२०७९ असार ६ सोमवार १३:१२
shares

काठमाडौं ।पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन् ।
सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि छेत्र कायम गर्ने पनि लामिछानेले स्पष्ट पारेका छन् । लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजिनको जागिर छाडेको घोषणा गरेका छन् ।हरिशरणले सार्वजनिक गरेको प्रेस नोटमा रवि बारे केही उल्लेख छैन । रविले मंगलबार राष्ट्रिय सभामा भेला गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।
हरिशरणको प्रेस नोटमा सञ्जाल बीच काठमाडौं १ मा पुकार बम, काठमाडौं ५ मा रञ्जु दर्शना, काठमाडौं ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ । विश्व साइकल यात्री पुष्कर शाहले दोलखा बाट प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका छन् । उनी दोलखाकै हुन् । बाँकी कुरा असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने पनि लामिछानेले बताएका छन् ।




































