२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताको ढाड सेकेर असुली गरेको पैसा कहाँ गएको छ ? : एमाले सचिव अर्याल

1.61K
shares

काठमाडौं । नेकपा एमालेले पेट्रोल पम्पमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव पद्मा अर्यालले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजे देखि लागू हुने गरी मूल्य बढाएर करोडौंको चलखेल गरेको आरोप लगाएकी हुन् ।

एक पटक पेट्रोल पम्पमा भरेको इन्धनले तीन दिनको माग धान्ने भन्दै उनले स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौं घोटाला गरेको जिकिर गरिन् ।उनका अनुसार आइतबार दिउँसो सम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक थियो । तर आइतबार राति देखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने अर्यालले बताइन् । उनले यो रकम सीमित व्यक्तिको खल्तीमा मात्र गएको छ कि मन्त्रीको भागमा पनि परेको छ भनी प्रश्न गरेकी छन् ।

यसअघि जेठमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पनि स्टक क्लियर नगरी मूल्यवृद्धि गरी २२ करोड घोटाला भएको अर्यालले बताइन् । ‘यति ठूलो महंगी सायद इतिहासमा पहिलो पटक भएको छ । जनताको ढाड सेकेर असुली गरेको पैसा कहाँ गएको छ ?’ उनले प्रश्न गरिन्, ‘माननीय मन्त्रीज्यूहरुको संलग्नता भएको छैन भने किन मौन बस्नुभएको छ, किन मुकदर्शक बन्नुभएको छ ?’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports