सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे जवाफ दिन संसदको रुलिङ
वि.सं.२०७९ असार ६ सोमवार १४:२६
shares

काठमाडौं ।प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे सरकार सँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् ।
‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु ।’
आयल निगमले सोमबार देखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ । जसको सर्वत्र विरोध भइरहेको छ ।

































