सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्छ : सांसद लालबाबु पण्डित
वि.सं.२०७९ असार ६ सोमवार १४:११
shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटा सग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका हुन् ।
‘यस (महाअभियोग प्रस्ताव)मा सभामुखको ज्युको जिम्मेवारी र दायीत्य हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिले बाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नहरुको जवाफ पाउने ? यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’ आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा जिम्मवारी बिहीन समितिको औचिय के हो ? कहिले सम्म जिम्मेवारी बिहीन अवस्थानमा बस्ने ? म सभामुखजी बाट जवाफ चाहन्छु ।’
महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? भन्ने पनि उनको प्रश्न छ । ‘त्यो महाअभियोग प्रमुखख प्रतिपक्षी सँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ? उहाँहरु प्रस्ताव माथि छानविन गर्नका लागि तयार हुनुहुन्न के भएको हो ?’ पण्डितको प्रश्न छ । महाअभियोग ल्याउने र अगाडि नबढाउनु संविधानिक व्यवस्थाको दुरुपयोग भएको ठहरिने उनको जिकिर छ । उनी प्रश्न गर्छन, ‘संविधानमा महाअभियोगको प्रस्तावको जुन व्यवस्था छ । यदि यसको दुरुपयोग भयो भने संविधानको यो व्यवस्थालाई जनताले कसरी बुझ्दछन ? भविष्यमा यस्ता संस्थाहरुको जिम्मेवारी र दायित्व कसरी अगाडि बढ्छ ?’

































