राष्ट्रियसभा सदस्य वामदेव गौतमले बोलाए वाम एकता अभियानको राष्ट्रिय भेला
वि.सं.२०७९ असार ६ सोमवार १७:४१
shares

काठमाडौं ।राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ । अगामी ११ असारमा ललितपुरको धोबीघाट स्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाइएको गौतमका स्वकीय सचिव दीपक टमाटाले बताए ।
‘तीन वटै कम्युनिष्ट पार्टीलाई एकताका निम्ति पहल कदमी बढाउन राष्ट्रिय भेला बोलाइएको हो’, उनले भने । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कुनै समूहमा पनि नलागेका गौतमले आफ्नै नेतृत्वमा एकता अभियान घोषणा गरेका थिए ।
१४ माघ २०७७ मा घोषणा गरेको एकता अभियान त्यसपछि निष्कृय छ । गौतमले भने कम्युनिष्ट पार्टीहरु बीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।



































