विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति देउवाको १० असार भित्रै विभाग गठन गर्ने तयारी

637
shares

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गते भित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।

सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिए । ‘सपथ लिएको दिन बाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ । असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भने । उनका अनुसार सभापति देउवाले एकै पटकमा सबै विभाग गठन गर्ने छैनन् । प्रारम्भमा ७/८ वटा विभाग गठन हुनसक्ने उनले बताए । कांग्रेसको विधान अनुसार २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।

विधान अनुसारको विभागहरु गठन गर्नका लागि सभापति देउवालाई भेटेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार ध्यानाकर्षण गराएका थिए । विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठन तथा पूर्णता लगायतका विषयमा सभापतिसँ ग छलफल भएको महामन्त्री शर्माले जानकारी दिए ।

दुई महामन्त्रीले मंगलबार पनि देउवालाई भेट्ने भएका छन् । भेटमा पार्टीको आन्तरिक विषयमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिए । देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports