जय पृथ्वीबहादुर सिह राष्ट्रिय विभूति घोषित
वि.सं.२०७९ असार ७ मंगलवार १०:५३
shares

काठमाडौं ।सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
यस सँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ । जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुन् । उनले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामको अर्को पुस्तक पनि लेखेका थिए । विसं १९९७ असोज १ गते उनको निधन भएको थियो ।






































