विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध विगार्ने कुरा पनि होइन : ओली

715
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् । पूर्व राजदूतहरुको समूह सँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्ष सम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताए ।

एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उनले अघि भने, ‘कालापानीमा भारतीय फौज भएकाले त्यस भन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’

उनले अघि भने, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध विगार्ने कुरा पनि होइन ।’ भारतीय प्राधनमन्त्री सँग भएको भेटहरुमा आफूले यसबारे खुलस्त छलफल गरेको भन्दै ओलीले राजनीतिक खचपच नभएको भए यो विषय सल्टि सक्थ्यो जस्तो लागेको समेत बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports