प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वायु सेवा सन्चालक संघको बुधबार देखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता

715
shares

काठमाडौं ।वायु सेवा सन्चालक संघले बुधबार देखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजे बाट आन्तरिक उडान नियमित हुने जानकारी दिएका छन् । बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ ।

यती एयरलाइन्सले पनि ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ । श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए । ‘हेलिकोप्टर त बिहानै देखि अपरेसनमै छ, हवाईजहाज भने ११ बजे देखि नियमित सेवामा हुन्छ,’ उनले भने ।

वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबार देखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यस लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरु बीच वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णय बाट वायु सेवा सन्चालक पछि हटेका थिए ।

वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरण सँगको वार्तामा बुधबार बिहान ११ बजे देखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports