माओवादीको केन्द्रीय समिति १५ असारलाई तोकिएको बैठक फेरि सर्ने
वि.सं.२०७९ असार ८ बुधवार १७:१२
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि सर्ने भएको छ । असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक फेरि सर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने सार्नेबारे सल्लाह भइरहेको तर कुनै निर्णय नभएको बताए । यसअघि स्थानीय चुनवा सकिए लगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो तर माओवादी बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।
गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिले सम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् । त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टी भित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भन्दै स्थगित भएको थियो । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने माओवादीको तयारी थियो ।




































