kumari
stcnepal

ब्याजदर अझै बढ्न सक्ने गभर्नर अधिकारीको संकेत

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । ‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्यो भन्दा राम्रो अवस्था छ ।’

उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे । उनले मौद्रिक नीति जादुको छडी नभएको बताए । सबै समस्याको समाधान मौद्रिक नीतिले नगर्ने भन्दै यसका आफ्नै सीमाहरु भएको उल्लेख गरे ।

‘बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको छ,’ उनले भने,’त्यही अब्जिेक्टिभ र गोललाई हेरेर मौद्रिक नीति आउने हो ।’ उनले अन्य मुलुकले पनि ५० वर्षमा नभोगेको मूल्यवृद्धि भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय परिवेशले मूल्यवृद्धिलाई वाञ्छित सीमा भित्र राख्न चुनौतीपूर्ण हुने बताए । ‘सबै सतर्क र सजग रहौं, सबैले आफ्नो जिम्मेवारी पुार गरौं, त्यसो गर्दा अर्थतन्त्र पनि सही ठाउँमा बस्छ,’ उनले भने ।

 

 

footer