प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्याजदर अझै बढ्न सक्ने गभर्नर अधिकारीको संकेत

884
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । ‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्यो भन्दा राम्रो अवस्था छ ।’

उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे । उनले मौद्रिक नीति जादुको छडी नभएको बताए । सबै समस्याको समाधान मौद्रिक नीतिले नगर्ने भन्दै यसका आफ्नै सीमाहरु भएको उल्लेख गरे ।

‘बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको छ,’ उनले भने,’त्यही अब्जिेक्टिभ र गोललाई हेरेर मौद्रिक नीति आउने हो ।’ उनले अन्य मुलुकले पनि ५० वर्षमा नभोगेको मूल्यवृद्धि भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय परिवेशले मूल्यवृद्धिलाई वाञ्छित सीमा भित्र राख्न चुनौतीपूर्ण हुने बताए । ‘सबै सतर्क र सजग रहौं, सबैले आफ्नो जिम्मेवारी पुार गरौं, त्यसो गर्दा अर्थतन्त्र पनि सही ठाउँमा बस्छ,’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports