kumari
stcnepal

आजदेखि ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै

काठमाडौं । आज देखि ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ ।

बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।

पहिलो चरणमा काठमाडौं उपत्यका सहित २७ जिल्लामा असार ९ देखि १५ गते सम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गते सम्म दिइने छ ।

बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गते सम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

 

 

footer