विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा छौ : राष्ट्रिय जनमोर्चा

650
shares

काठमाडौं ।राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने बताएको छ । सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशन बाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा रहेको बताइन् ।

विगतमा जन्मको आधारमा नागरिकता दिँदा नै गल्ती भएको भन्दै राजमोले त्यतिबेला जन्मको आधारमा नागरिकता पाएका गैर नेपालीको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिन नमिल्ने बताएको छ । ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान विधेयकमा आएमा जनमोर्चा त्यसका विरुद्ध उभिने छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय जनमोर्चाले नेपाली पुरुष सँग विवाह गरी आउदै विदेशी महिलालाई तत्कालै नागरिकता दिने हालको व्यवस्था मान्न नसकिने बताएको छ । ‘नेपाली पुरुष नागरिक सँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको सात वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनु पर्दछ’ उपाध्यक्ष पौडेलले विज्ञप्तिमा भनेकी छन्, ‘तर सात वर्षको दौरानमा निज महिलालाई राजनीतिक बाहेकका अन्य अधिकार प्रदान गरिनु पर्दछ भन्ने कुरामा हामी दृढ छौँ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports