जनतालाई मारेर व्यापारी पोस्दै निगम
वि.सं.२०७९ असार ९ बिहीवार १५:०७
shares

काठमाडौ । पछिल्लो समयमा पाँच दलीय गठबन्धनको शेर बहादुर देउवा नेतृत्वको सरकार नेपाली जनताको लागि अभिसाप बन्दै गएको छ । मूल्यबृद्धिले गर्दा जनताको चुल्हो बन्द हुने अवस्थामा पुगेपनि सरकार भने रमिते बनिरहेको छ । सरकारका मन्त्रीहरु भने मूल्यृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको नभएको अभिव्यक्ति दिन थालेका छन् । दिनप्रतिदिन पेट्रोलियम पर्दार्थको मूल्यबृद्धि भईरहेको छ । सर्वसाधारण जनताले सवारी सधान प्रयोग गर्न समेत नसक्ने अवस्थामा पुगेका छन् । पेट्रोल डिजेलमा भएको मूल्यबृद्धिले गर्दा त्यसको प्रत्यक्ष मार जनताको चुल्होमा परेको छ । सरकारले पेट्रोलिमय पदार्थमा लगाएको कर हटाएर जनतालाई राहत दिन सक्ने अवस्था रहेको भएपनि सरकार भने आफूले लगाएको कर हटाउने पक्षमा नदेखिएकोले गर्दा जनता मारमा परेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकार बेथितिको चाङ्गमा बसेको छ । सर्वसाधारण जनताले प्रयोग गर्ने सबै सामानको मूल्यबृद्धि भएको छ । खास गरेर पेट्रोलिमय पदार्थमा भएको मूल्यबृद्धिले गर्दा सबै सामानको मूल्यबृद्धि भएको छ ।
नेपाल आयल निगमले प्रत्येक १५÷१५ दिनमा मूल्यबृद्धि गर्दै आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य हेर्ने सचिव नै नेपाल आयल निगममा सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था भएकाले गर्दा सरकारको प्रत्यक्ष रुपमा हस्तक्षेप रहेको छ । अध्यक्ष नै सचिव रहने व्वस्थाले गदा अध्यक्ष मार्फत प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले आफूहरुले चाहेजस्तो निर्णय निगममा गराउने भएकाले गर्दा सञ्चालक समितिपनि रबरस्ट्याम्प जस्तै रहेको छ । नेपाल आयल निगमका कार्यकारी अधिकृत र अध्यक्ष मिलेर सञ्चालक समितिमा आफुहरुले चाहेजस्तो निर्णय गराउँदै आएका छन् । निगमले विदाको दिन आफ्नो डिपोबाट पम्पवालाहरुलाई पेट्रोलिमय पदार्थ विक्रि वितरण गर्दैन विदाको भोलीपल्टमात्र विक्रि वितरण गर्ने गरिएकाले पम्पवालाहरु अघिल्लो दिन वा कार्यालय खुलेको दिनमा मात्र पेट्रोलिमय पदार्थ खरिद गर्ने गरेका छन् ।
यस पटक आइतबार अर्थात असार ५ गते राती १२ बजेबाट लागु हुने गरी पेट्रोल डिजेल, मट्टितेल लगायत हवाई इन्धनको मूल्यमा ठुलो मात्रामा मूल्य बृद्धि गरियो । आइतबार दिउँसो निगमको डिपोबाट ३४ लाख लिटरभन्दा बढी पेट्रोल र झण्डै त्यो भन्दा बढी डिजेल पम्पवालाहरुले खरिद गरेका थिए । सोही दिन रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल लगायत हवाई इन्धनको मूल्य बृद्धि गरियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैँया बृद्धि गरिो भने डिजेलमा २७ रुपैँया बृद्धि गरियो ।
आइतबार केही लाख पेट्रोलिमय पदार्थ सेवाग्राहीहरुले खरिद गरेका भएपनि पम्पमा बाँकी रहेको पेट्रोल, डिजेलबाट ठुलो रकम नाफा हुने भएपछि त्यही नाफा रकम हात पार्नका लागि निगमका कार्यकारी निर्देशक र अध्यक्षले सञ्चालक समितिको बैठकमा प्रधानमन्त्री र मन्त्रीको आदेश यस्तो छ भन्दै सञ्चालक समितिका सदस्यहको मुख बन्द गराएको एक सञ्चालकले नै बताएका छन् । यसरी त्यस दिन गरेको निर्णयले गर्दा करोडौं करोड रकम हात पारेको निगम सूत्रले दाबी गरेको छ । निगममा उमेश थानी कार्यकारी निर्देशक बनेर आएपछि उनको एकमात्र उदेश्य कमाऊधन्दा भएको र उनी पहिला नै विवादित व्यक्ति रहेका भएपनि कांग्रेसका कार्यकर्ता भएका र प्रधानमन्त्रीका निकट रहेका हुनाले उनले निगमका उच्च तहका कर्मचारीहरुलाई समेत वेवास्ता गर्दै एकलौटी निर्णय गरिरहेको सूत्रले दाबी गरेको छ । जनतालाई आवश्यक पर्ने कुनै सुविधा दिन नसक्ने देउवा सरकार यसै कारणले गर्दा जनताको लागि बोझ बन्दै गएको छ ।





































