प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल टेलिकमले लिज लाईनको महसुल दरमा ३६ प्रतिशत घटायो

585
shares

काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल ३६ प्रतिशतले घटाएर शुल्क निर्धारण गरेको छ। टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल असार १ देखि लागू हुनेगरी नयाँ दर तय गरेको छ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले प्रति एमबीपीएस २५ सय रुपैयाँ रहेकोमा घटाएर प्रति एमबीपीएस १६ सय रुपैयाँ तोकेको छ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर प्रति एमबीपीएस २३ सय रुपैयाँ बाट घटाएर प्रति एमबीपीएस १६ सय रुपैयाँ नै कायम गरिएको टेलिकमले जनाएको छ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः प्रति एमबीपीएस २१ सय रुपैयाँ र प्रति एमबीपीएस १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर प्रति एमबीपीएस १५ सय रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल प्रति एमबीपीएस २७ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २४ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस २१ सय रुपैयाँ र १०० एमबीपीएस भन्दा बढीको प्रति एमबीपीएस २१ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस १८ सय रुपैयाँ तोकेको टेलिकमले जनाएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports