प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकियो

702
shares

काठमाडौं ।नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो । ‘समान दुई बैक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केन्द्रीय बैंकले केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति पनि रोकेको छ ।’

मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरुले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।यता बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समय देखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्यय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले समान हैसियातमा मर्जर पछि कर्मचारीको पदास्थापन नगरिए मन्य नहुने चेतावनी दिएका छन् ।

दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्यय नहुने अनौपचारिक सहमति गरेका थिए । लगत्तै नबिल बैंकका कर्मचारी आफ्नो बैंक व्यवस्थापक संघ असन्तुष्ट भएका हुन् । उनीहरु बीचको विवाद राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र नियमन विभाग पुगेको थियो ।

त्यहाँ पनि समस्या नसुल्झिएपछि बुधबार दुवै पक्षलाई बोलाएर गर्भनर महाप्रसाद अधिकारीले छलफल गरेको र विवाद समाधान गरेर आउन भनेको राष्ट्र बैंक स्रोतले बतायो । ‘बैंक मर्जर सरल होस भन्ने केन्द्रीय बैंकको चाहना हो,’ एक अधिकारीले भने, ‘मर्जरमा कसैलाई पनि अन्यय नहोस् र यसले अन्य मर्जरलाई पनि असहज नगरोस् भन्नेमा हामी सचेत छौं ।’ आन्दोलित दुवै बैंकका कर्मचारीहरुले कन्द्रीय बैंकलाई समस्याको उचित सम्बोधन नहुँदा सम्म मर्जरको अन्तिम स्वीकृतिको काम अघि नबढाउन आग्रह गरेको पनि स्रोतले बतायो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports