प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले राष्ट्रियसभा सदस्यहरु केपी ओली सँग छलफल गर्न बालकोटमा

689
shares

काठमाडौं ।नेकपा एमालेका तर्फ बाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायत बारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।

‘हाम्रो आफ्नो कुरा अध्यक्ष सँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले भने । राष्ट्रियसभाका उपाध्यक्ष र तीन विषयगत समितिको सभापति रिक्त रहेकाले त्यसमा एमालेको भूमिका बारे पनि यो छलफल गरिने भट्टराईले बताए ।

‘समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो होइन, तर सत्ता पक्षको ध्यान यता गएको छैन’, भट्टराईले भने । प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएकाले त्यसबारे पनि छलफल हुने उनले बताए । यसबाहेक राष्ट्रिय राजनीति बारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports