kumari
stcnepal

एमाले राष्ट्रियसभा सदस्यहरु केपी ओली सँग छलफल गर्न बालकोटमा

काठमाडौं ।नेकपा एमालेका तर्फ बाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायत बारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।

‘हाम्रो आफ्नो कुरा अध्यक्ष सँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेका हौं’, एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले भने । राष्ट्रियसभाका उपाध्यक्ष र तीन विषयगत समितिको सभापति रिक्त रहेकाले त्यसमा एमालेको भूमिका बारे पनि यो छलफल गरिने भट्टराईले बताए ।

‘समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो होइन, तर सत्ता पक्षको ध्यान यता गएको छैन’, भट्टराईले भने । प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएकाले त्यसबारे पनि छलफल हुने उनले बताए । यसबाहेक राष्ट्रिय राजनीति बारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।

 

 

footer