kumari
stcnepal

आज थप ४९ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

बिहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ । यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।

footer