२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीमा संलग्न नहुने सरकारको निर्णय

884
shares

काठमाडौ । निकै लामो विवाद पछि सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाली सेनालाई सहभागि नगराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा आवद्ध नहुने जानकारी परराष्ट्र मन्त्रालय मार्फत अमेरिकी सरकारलाई पत्र पठाउने निर्णय समेत गरेको छ ।
सरकारको यो निर्णयसँग अमेरिकाको युटा राज्यको नेसनल गार्ड र नेपाली सेनाबीचको सहकार्यमा समेत अब पूर्ण विराम लागेको छ । एसपीपी सम्बन्धी विषयलाई आपसी सहकार्य नगर्ने गरी टुँग्याईएको सरकारको भनाई रहेको छ ।

सडक देखि संसदसम्म यो विषयले प्रवेश पाएको थियो । नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको प्रतिकूल हुने प्रावधान राखिएको एसपीपी सम्झौताको मस्यौदा (ननपेपर) एक साता अघि सार्वजनिक भएपछि त्यस विषयमा विवाद उत्पन्न भएको थियो । उक्त दस्तावेजलाई लिएर चौतर्फी आलोचना भईरहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा उक्त सम्झौतामा सही गर्न सक्ने आशंकामा सत्ता पक्ष र विपक्षका सांसदहरुले गरेका थिए ।

यहि विषयलाई लिएर प्रतिनिधिसभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्र सचिव भरतराज पौडेलसँग छलफल समेत गरेको थियो । उक्त समितिले एसपीपीमा संलग्न नहुन स्पष्ट रुपमा औपचारिक किसिमले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई अवगत गराउन निर्देशन समेत दिएको थियो । आइतबार प्रधानमन्त्री देउवालाई समितिमा बोलाइएको भएपनि उनी समितिमा गएका थिएनन् ।

नेपालमा रहेको अमेरिकी दुतावासले असार १ गते पत्रकार सम्मेलन गर्दै एसपीपीमा संलग्न हुन नेपालले २०१५ र २०१७ मा निवेदन दिएको बताएको थियो । सोही पत्रकार आधारमा २०१९ मा नेपाललाई स्वीकार गरिएको अमेरिकाको भनाई रहेको थियो । सो विषयलाई लिएर चर्को आलोचना भएको र सत्ता गठबन्धनकै नेताहरुले त्यसको विरोध गरेको हुनाले प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई बचाई राख्न त्यसलाई स्वीकार नगर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गराएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports