२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो अपराध लुकाउन निलम्बन

884
shares

काठमाडौ । विभिन्न क्षेत्रबाट पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग भईरहेको बेला मन्त्री आलेकै प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल एआरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । अब सरकारले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेर प्रक्रिया पूरा गरी पदबाट हटाउन अर्को निर्णय गर्नुपर्ने हुन्छ ।

गत मंसिर ८ गते पर्यटन मन्त्री आलेकै प्रस्तावमा अधिकारी नेपाल एअरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । छोटो समयमै मन्त्री आले र कार्यकारी अध्यक्ष अधिकारीबीचको सम्बन्ध विग्रिएपछि केही दिन पहिला मन्त्री आलेले अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै हातपात समेत गरेको अडियो बाहिर आएपछि मन्त्री आले अध्यक्ष अधिकारीप्रति क्रुद्ध बनेका थिए । नेपाल एयरलाइन्स निकै पहिला देखि नै घाटामा गएको र अबौं ऋणमा डुबेको भएपनि मन्त्री आलेले आफ्ना मान्छेलाई एयरलाइन्समा नियुक्ति दिन कार्यकारी अध्यक्षलाई दबाब दिँदै आएका थिए । आलेको पार्टीका अध्यक्ष माधव नेपालले समेत मन्त्री मार्फत आफ्ना केही मान्छेलाई नियुक्ति दिन भनेकोमा अधिकारीले केही काम भई सकेका र केही प्रक्रियामा रहेको बताएका थिए । तर मन्त्री आले अझ आक्रोशित भएका हुनाले उनले अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने क्रममा बैधानिकता पु¥याउनका लागि मन्त्रिपरिषद्को बैठकमा निलम्बनको प्रस्ताव लगेर अधिकारीलाई निलम्बनमा राखेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारका केही मन्त्री विवादका घेरामा तानिएका भएपनि त्यस्ता मन्त्रीहरुलाई बर्खास्त गर्नुको बदला तिनै विवादास्पद मन्त्रीहरुले लगेका प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नु भनेको प्रधानमन्त्री देउवा जसरी भएपनि आफ्नो स्वार्थ पूरा गर्न तयार रहेका छन् भने प्रष्ट भएको छ । खास गरेर माओवादी केन्द्रबाट मन्त्री बनाइएका अर्थमन्त्री जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका प्रेम आले र रामकुमारी झाँक्री विवादित भएको भएपनि उनीहरुलाई हटाउने तर्फ न त देउवा तयार छन् न त उनीहरु संलग्न भएका पार्टीहरु नै । यसरी आफ्नो स्वार्थ पूरा गर्नका लागि अरुलाई दोष लगाएर आफू पानी माथिको ओभानु बन्ने प्रवृत्तिले गर्दा स्थायी सरकार भनिने कर्मचारि तन्त्रमा समेत नराम्रो असर पर्न सक्ने सम्भावना समेत बढ्दै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports