विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कतार बिश्र्वकप फुटवलको ड्र सार्वजनिक, कुन- कुन देश कुन समूहमा परे त ?

585
shares

काठमाडौँ । कतारमा यस वर्ष हुने फिफा विश्वकप फुटबलको समूहको ड्र गरिएको छ । आयोजक सहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोप बाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेल बाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्स विरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एसियाको युएई र अस्ट्रेलिया बीचको विजेता सँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ । त्यसैगरी उत्तर अमेरिकी क्षेत्र बाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्ड सँग प्लेअफ खेल्ने भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports