विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्तिक ३० गते प्रदेश र संघीय संसदको निर्वाचन गराउन निर्वाचन आयोगको प्रस्ताव

494
shares

काठमाडौँ ।निर्वाचन आयोगले २०७९ साल कात्तिक ३० गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । आयोगले सरकारलाई आगामी साढे चार देखि पाँच महिना भित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाइसकेको संघीय मामिलातथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताउनु भयो ।

‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिना देखि पाँच महिना भित्र चुनाव हुन्छ,’ काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दैमन्त्री श्रेष्ठले भन्नुभयो, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अबछिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’


मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्तावगरेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले आफूहरू सरकारमा रहुञ्जेल काठमाडौं महानगरपालिकाको विकासका लागि सबै खाले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनु भयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports